२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 4:42 am
समाचार

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित 

सूचना प्रेस २०८० फाल्गुन २८ सोमबार ००:००, ०९:२८ बजे १ मिनेट पढाइ

काठमाडौँ– नेकपा (एमाले) गोरखाको अध्यक्षमा  सुरेन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ । एमाले गोरखाको आठौँ जिल्ला अधिवेशनबाट  थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  

आज बिहान सकिएको मतगणनाअनुसार थापाले निवर्तमान उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्नुभएको छ । उहाँले २८० मत ल्याउँदा  नेपालीले २०५ मत ल्याउनुभयो ।  

उपाध्यक्षमा मेनबहादुर अधिकारी र सचिवमा काजिराम रोका निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै उपसचिवमा खुलातर्फ मनोज जोशी र महिला उपसचिवमा शान्ति चापागाईं निर्वाचित हुनुभएको छ ।