७ मंसिर २०८१, शुक्रबार 1732281205
Banner

इलामको उपनिर्वाचनमा उम्मेदवारी दिने रास्वपाको निर्णय, प्रदेशको उप निर्वाचान भने बहिस्कार

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम– २ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको हो ।

बझाङको प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम–२ मा खटाईएको जनाइएको छ ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।