१ जेष्ठ २०८३, शुक्रबार 1778904516
Banner

गण्डकी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले गण्डकी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गरी रिक्त हुने पदमा नियुक्तिका लागि नामसमेत राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार मधेश प्रदेशका लागि सुमित्रा भण्डारी सुदुरपश्चिमका लागि नजिर मिया र गण्डकी प्रदेशका लागि डिल्लीराज भट्टलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको छ।