२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 9:07 pm
Banner

आरती साहको परिवार र गृह मन्त्रालयबीच पाँच बुँदे सहमति

सूचना प्रेस २०८० फाल्गुन ३० बुधबार ००:००, ०६:२४ बजे १ मिनेट पढाइ

काठमाडौं । गृह मन्त्रालय र स्वर्गीय आरती साहको परिवारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार साँझ गृह मन्त्रालय र आन्दोलनरत आरती साहका परिवारबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।

छलफलमा गृहमन्त्रि लामिछाने पनि उपस्थित भएका थिए । सहमतिसँगै शाहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । आरती साह आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ । आरती र जनकपुरधामका मोतीबाबु साहबीच असार २०७७ असार २९ गते विवाह भएको थियो ।