४ आश्विन २०८१, शुक्रबार 1726846094
Banner

पाउरोटी किन्दै गर्दा इजरायली सेनाको आक्रमणमा परेर ८ जनाको मृत्यु

गाजा । इजरायली सेनाले गाजामा गरेको आक्रमणका क्रममा आठ जनाको मृत्यु भएको छ । घटनाको समयमा मृतकहरू सबै जना विद्यालयमा रहेको यूएनआरडब्ल्यूएको शरणार्थी शिविरअगाडि पाउरोटी पसलमा पाउरोटी किन्न लाम लागेर बसेका थिए । इजरायली सेनाले जानीजानी जाबालिया शरणार्थी शिविरमा अल फाखोउरा यूएनआरडब्ल्यूए विद्यालयको प्रवेशद्वार अगाडि बसिरहेका सर्वसाधारणलाई निशाना बनाएको बताइएको छ ।

आक्रमण भिडभाडयुक्त सडकमा भएको थियो । सो ठाउँ हजारौं प्यालेष्टिनीहरूको आश्रयस्थल अनि इभ्याकुएशन सेन्टर थियो । उता, गाजामा ६ जनामा इजरायली बन्धकको शव फेला परेपछि सरकारविरोधी प्रदर्शन चर्किएको छ । दशौं हजार इजरायलीहरू युद्धविराम र गाजामा बन्धक बनाइएकाहरूको रिहाईको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनबाट आफू नआत्तिने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका छन् ।