३ आश्विन २०८१, बिहिबार 1726783880
अर्थ

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई बोनस सेयर वितरण हुनेछ ।