२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 2:58 pm
Banner

प्रधान सेनापति र चीनको राजदूतबीच शिष्टाचार भेट

सूचना प्रेस २०८१ आश्विन १३ आइतबार ००:००, १८:१५ बजे १ मिनेट पढाइ

काठमाडौँ : प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ । जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको समेत जनाइएको छ ।