३० आश्विन २०८१, बुधबार 1729103187
समाचार

१५ हजारमा युवती बेच्ने पुरुष २४ वर्षपछि पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले १५ हजारमा युवती बेच्ने एक जनालाई २४ वर्षपछि पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार विष्टले साविक गुटु गाविस–८, की २१ वर्षीय नामसरा देवी कँडेललाई ०५७ साल असोजमा भारतमा लगेर बेचेका थिए ।
विवाहको प्रलोभन देखाएर विष्टले नामसरा देवीलाई भारतको गोरखपुर लगेका थिए ।

त्यहाँ एक अपरिचित भारतिय नागरिकलाई उनले १५ हजारका बिक्री गरेको प्रहरी नायव उपरीक्षक विश्वकर्माले बताए। नामसरा देवीलाई बिक्री गरेको विषयमा ०५८, मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर गरिएको थियो । तर विष्ट लामो समयदेखि फरार थिए । मंगरबार गुटुकै एरियाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।