१ कार्तिक २०८१, बिहिबार 1729174896
Banner

प्रधानमन्त्री ओलीको चेतावनी-सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाई रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने बताउँदै त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले भने- ‘मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार। यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’ उनले देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे।

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरुको ध्यान रहेको समेत बताएका छन्। उनले प्रहरीले शान्ति सुरक्षाका लागि खेलेको भूमिका प्रसंसनीय रहेको बताउदै प्रहरीमा अहिलेपनि पर्याप्त सुबिधा र पूर्वाधारमा कमि रहेको आफुलाई जानकारी रहेको बताए।