२ कार्तिक २०८१, शुक्रबार 1729267721
Banner

डीपीको गाडीमा चढेर पार्टी कार्यालय पुगे रवि लामिछाने

काठमाडौँ ।  विपक्षी दलहरूको बैठकमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने संसद् भवन बानेश्वरबाट आफ्नो गाडी नचढी पार्टी उपसभापति डीपी अर्यालको गाडीबाट बाहिरिएका छन् ।

 प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको चर्चाका बिच लामिछानेले अर्यालको गाडी प्रयोग गरेका हुन् । संसद् भवनबाट बाहिरिएलगत्तै उनी पार्टी कार्यालय वनस्थली पुगेका छन् । पक्राउको चर्चा चलेपछि पार्टी कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको छ ।