२ कार्तिक २०८१, शुक्रबार 1729282660
समाचार

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा समस्या, सेवा प्रभावित

काठमाडौं । वैदेशिक रोजगार बोर्डले चलाइरहेको सफ्टवेयरमा समस्या आएपछि बोर्ड दिने सेवा प्रभावित भएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण लगायतको काम रोकिएको हो ।

वैदेशिक रोजगार सन्तती छात्रवृत्ति प्रदानमा प्रयोग हुने सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आइरहेको बोर्डले सूचना जारी गरेर जानकारी दिएको छ । सर्भर मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जानकारी दिएको छ । यस सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं,’ बोर्डले सूचनामा भनेको छ । इमेल मार्फत वा भौतिक रुपमा उपस्थित भई दिएको निवेदन संकलन कार्य निरन्तर रुपमा सुचारु भइरहेको सूचनामा उल्लेख छ ।