सानिमा बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न साधरण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार बैकको अधिकृत पुजि १५ अर्वलाई वृद्धि गरि २० अर्व पुर्याउने भएको छ ।
सभाले गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गरेको छ । यस्तै, गत आवको सम्पूर्ण वित्तीय विवरण पारित गरिनुका साथै लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ ।