४ आश्विन २०८१, शुक्रबार 1726825829
Banner

निर्वाचनले नागरिकमा उत्साह थप्यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनले नागरिकमा उत्साह थपेको बताउनु भएको छ । महासचिव पोखरेलले ७५३ स्थानीय तहमा उम्मेदवारीको संख्यामा वृद्घिले यसको पृष्टि गरेको बताउनुभयो ।

प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै उहाँले उम्मेदवारहरुको मनोनयनका क्रममा नेता, कार्यकर्ता, नागरिकहरुको उत्साहप्रद सहभागिताले निर्वाचनको वातावरण तयार भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्नु हुँदै महासचिव पोखरेलले जनता नै लोकतन्त्रको आधार भएकाले नेकपा एमालेले जनमतबाट नै राज्य सञ्चालनको दायित्व पूरा गर्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा नागरिकबाट सामाजिक र राजनीतिकरुपमा अग्रसर व्यक्तित्व नेतृत्व तहमा आउन नसकेको गुनासो आइरहेको अवस्थामा जिल्लाका दुवै उपमहानगरमा त्यस्ता नेतृत्वलाई पार्टीले अघि सारेको बताउनुभयो ।

उहाँले भन्नुभयो – तुलसीपुरको नेतृत्वमा उम्मेदवारी दिने टीकाराम खडकाजस्ता सादगी,राजनीतिक चरित्रको नेता जिल्लामै हुनुहुँदैन,उपप्रमुखकी उम्मेदवारी स्यानी चौधरी सामाजिक अगुवा एउटा उदाहरणीय पात्रकारुपमा हुनुहुन्छ । महासचिव पोखरेलले एमालेकै नेतृत्वको सरकारले देशमा रहेको विमानस्थलमा रात्रीकालीन उडान, अन्तर्राष्ट्रिय विमानस्थल थप, नेपाललाई सुरुङ युगमा प्रवेश गराएको बताउनुभयो ।