४ आश्विन २०८१, शुक्रबार 1726870624
Banner

गठबन्धन बैठकको निर्णयः बागी उमेदवारले निर्णय फिर्ता नलिए खारेज गर्ने चेतावनी

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक सम्पन्न भएको छ । बैठकले तीनबटा निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए ।

बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उमेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । यस्तै, सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उमेदवारी फिर्ता लिने पनि निर्णय गरिएको परियारले जानकारी दिए ।

बैठकले पाँच दलीय गठबन्धनबाहेक स्थानीय तहहरुमा अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने र गठबन्धन भए सम्बन्धीत पार्टीले कारबाही गर्ने निर्णय गरेको छ ।