काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । बजार बढ्दा परिसूचक २६२६.३१ बिन्दुमा उक्लिएको हो । मंगलबार पसिूचकसँगै कारोबार रकम पनि थोरै बढेको छ । कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ४ अर्ब ३७ करोडको कारोबार भएको थियो । मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको मूल्य बढेको छ । ७१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
मंगलबार आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले मंगलबार जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो । यसको २० करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचक मात्रै घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढ्यो । मंगलबार सबैभन्दा बढी विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्यो ।