रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको प्रहरी गस्ती टोलीले २ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको विभिन्न किसिमका सामान बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट भन्सार छली ल्याएको २ लाख ३२ भन्दा बढीको कपडा किराना कस्मेटिक लगायतका सामान प्रहरीले बरामद गरेको हो।
गौर भन्सार स्थित सुरक्षा गस्ती टोलीले भन्सार छेउमा चेकजाँचको क्रममा १ लाख २० हजार ५०३ र जिल्ला प्रहरीको टोलीले गौर बसपार्क छेउमा चेकजाँचको क्रममा उक्त अवैध सामान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। बरामद सामानहरू आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।