काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुका रूद्रहरि पोखरेल विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा पोखरेलको प्यानलै विजयी भएको हो पोखरेलले माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेललाई ३२६ मतान्तरले पराजित गरेका हुन्।
सचिवमा गोपालबहादुर शाही, कोषाध्यक्षमा विवेक कोइराला र सदस्यहरुमा गोकर्ण साउद, सिजन पन्त, साधना सिग्देल, गणेश शाही, प्रशन्न चिलुवाल, ग्रिस्मा पन्त र विनय ढकाल विजयी भएका छन् ।


