काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको आज पूजा–आराधना गर्दै परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ। यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ।

इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ। पूर्वतयारीअन्तर्गत भक्तपुरको चितपोल जङ्गलमा भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिबाट पूजित बोकाले छोएको रूख काटेर ल्याइन्छ। त्यसलाई भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक लिङ्गो तयार पारिन्छ। आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ। यो परम्परामा विगतमा राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने चलन थियो, अहिले भने राष्ट्रपतिबाट अवलोकन गर्ने प्रथा कायम छ।

जात्राभरि भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच देखाइन्छ। जात्रा सुरु भएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लिङ्गो लडाउन गर्ने धार्मिक विधान रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
यस अवसरमा उपत्यकाको पश्चिमस्थित दहचोकको इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमासम्म भक्तजनको घुइँचो लाग्ने गर्छ। यहाँ जाग्राम बसेर स्नान गर्ने धार्मिक परम्परा छ।
अनन्त चतुर्दशी पनि आज
यसै दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना गरी ‘अनन्त चतुर्दशी’ पर्व पनि मनाइन्छ। यस दिन चोखो धागोमा अनन्त मन्त्रण गरेर बाँध्दा वर्षभर शुभ हुने विश्वास छ।
श्रावण शुक्ल पूर्णिमामा यज्ञोपवीत (जनै) मन्त्रण गर्न नसकेकाहरूले आज मन्त्रण गर्ने शास्त्रीय व्यवस्था रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्। समितिअनुसार आज अनन्त चतुर्दशीको व्रतसमेत बस्ने प्रचलन छ।
काठमाडौँको साँझलाई जसले इन्द्रजात्रामा देखेको छ, उसले भोगेको अनुभूति शब्दमा कसरी व्यक्त गर्ला रु नगरको गल्ली–गल्लीमा गुञ्जिने परम्परागत बाजागाजाको गुञ्जन, देवगणका नाच, झिलिमिली रङ्गीन बत्ती र मानिसका उल्लासमय उमङ्ग विछट्टकै वातावरण हुन् । यस किसिमले भरिएको धर्ती र वायुमण्डल– मानौँ पृथ्वी आफैँ केही क्षणका लागि स्वर्ग बनेर झल्किन्छ । इन्द्रजात्रा केवल पर्व मात्र होइन, एउटा सामूहिक चेतनाको उत्सव हो, जसमा मानिसभित्रको अदृश्य ऊर्जा पारिजात, गुनकेशरीको फूलझैँ फुल्छ ।
त्यही बेला, मनको कुनामा पारिजात फूलको मगमग बासनासहित स्मरण आउँछ । फूल मात्र होइन, यो सुगन्धको जीवित प्रतिमूत्र्ति १ पारिजातलाई हेर्दा त्यसको पात र सेतो रङले बेग्लै आकर्षण गर्छ । तर, असली मोह हृदय भित्रैसम्म पस्न सक्ने त्यसको सुगन्धमा हुन्छ । इन्द्रजात्राको गजबको सांस्कृतिक रौनकले आँखालाई भिजाउँछ । पारिजातको सुगन्धले आत्मालाई भिजाउँछ । दुवै मिल्दा जीवनलाई भूस्वर्गको झल्को दिन्छ । संस्कृति र प्रकृतिको मिठो मिलनमा मनुष्य र देवत्वको सांस्कृतिक उत्सव समेत प्रारम्भ हुन्छ ।
इन्द्रजात्रामा मानिसको भिडमा पनि केही अनुहारहरू पवित्र लाग्छन् । कसैले बोल्दा अमृत वर्षाझैँ सुनिन्छ । जीवन–दर्शन वा समयसापेक्ष ज्ञान–गरिमाका शाश्वत स्वर–सुसेलीहरू जीवनका दर्पण बन्छन् । तिनमा वैभवशाली संस्कृतिको चिनारी प्रदर्शित हुन्छन् । मान्छेको भिड, आवाजको कोलाहल, धक्कमधक्कामा पनि सद्भावको प्रेम झाँगिरहेको हुन्छ । त्यहाँ फूलको सुगन्ध जस्तै मानिसको आत्माको सुगन्ध पनि हुन्छ । आँखाले शुद्ध रूपमा हेर्न सके भने जीवन रम्य देखिन्छस मनले पवित्र मनले बुझ्न सके, सबै कुरा अर्थपूर्ण लाग्छ । इन्द्रजात्राको जस्तै उमङ्गले हामीलाई अथाह खुसी दिन्छ तर पारिजातको सुगन्धले दीर्घकालीन शान्ति दिन्छ ।
जीवनमा सबै कुरा गलत हुँदैन, सबै मानिस खराब हुँदैनन् । इन्द्रजात्रा पर्वको मेलामा जसरी गुठी, संस्कृति र परम्पराले मानिसलाई एक ठाउँमा ल्याउँछ, त्यसरी नै विश्वास र समझदारीले जीवनलाई रङ्गीन बनाउँछ । विश्वास हरेकपटक पूरा नहुन सक्छ, सपना हरेक रातपछिको बिहान विपनामा परिणत नहुन सक्छ तर सपना देखिरहनु र विश्वास राखिरहनु नै जीवनको ऊर्जा हो ।
इन्द्रजात्राको एक महत्त्वपूर्ण प्रतीक इन्द्रध्वजोत्थान हो । यसको आफ्नै विशेष महत्त्व र विशेषता छन् । इन्द्रध्वजमा अष्टमङ्गल ९आठ शुभ चिह्न० अङ्कित हुन्छ । यी चिह्नले बौद्ध र हिन्दु दुवै धर्ममा महत्त्वपूर्ण स्थान राख्छन् । यसमा माछाको जोडी, अनन्त गाँठो, विजयी ध्वजा, पद्म, शुभ पात्र, धर्मचक्र, छत्र र शङ्ख समावेश हुन्छन् ।
अन्ततः इन्द्रजात्रा र पारिजात दुवै जीवनका प्रतीक हुन्— इन्द्रजात्राले हाम्रो सामूहिक उत्सव र सामाजिक आत्मालाई जागृत गराउँछ । पारिजातले हाम्रो व्यक्तिगत आत्मालाई सुगन्धित बनाउँछ । वास्तवमा एउटा आँखाको पर्व हो, अर्को हृदयको ।
त्यसैले जीवनलाई सुन्दर बनाउन हामीले दुवैलाई आत्मसात गर्नुपर्छ । इन्द्रजात्राको उमङ्ग र पारिजातको सुगन्धसँगै प्रवाहित उत्सवमा जीवन देव स्वरूपमा पेस हुन्छ । विभिन्न देवीदेवताका मुहार अङ्कित मुखुण्डामा सजिसजाऊ देवगण साँच्चै दैवीशक्तिमा रूपान्तरित हुन्छन् ।
वस्तुतः जीवन यति हो— भूस्वर्गको झल्को पाउन सक्ने आँखा र त्यो झल्कोलाई आत्माको सुगन्धमा रूपान्तरण गर्न सक्ने हृदय । प्राकृतिक वैभवसँगै सांस्कृतिक सम्पन्नताले पनि हाम्रो देश समृद्ध छ भन्ने साक्षात् प्रमाण देखाउँछ ।
उपत्यकाको आकाशमा इन्द्रजात्राको नगरा बज्न थालेपछि नगरजीवनले आफैँलाई अर्कै आयाममा प्रवेश गरेको अनुभव हुन्छ । गल्ली–गल्लीमा गुन्जिएको धिमे बाजा, लाखौँ आँखाको चमक र देवगणको नाचमा समर्पित मानिसको उल्लास १ सबै मिलेर पृथ्वीमा केही क्षणका लागि स्वर्ग झरेको झल्को दिन्छ । त्यहाँ फूल बर्साएर स्वागत गरिन्छ । अमृतवाणीले सबैको कल्याणको कामना गरिन्छ । गीतसङ्गीत, नृत्यमय ताल र सांस्कृतिक भाव सौन्दर्यको समुच्च सागरमा जीवन हार्दिक प्रेमले प्रफुल्लित भइरहेको हुन्छ ।चोकचौबाटामा इन्द्रदेवलाई अग्लो आसनमा सजाएर राखिन्छ । मन्दिरहरूमा पूजापाठसहित प्रार्थनाका घण्टीहरू बजाइन्छ । यस्तो आस्था–आराधनाको क्षणलाई देख्दा लाग्छ— हाम्रो जीवन, समाज, संस्कृति यति नै सुन्दर र अर्थपूर्ण छ, जुन एक क्षणको हर्षमा पनि ‘अमर’ भाव प्रकट गरिरहेको हुन्छ । सामाजिक र आध्यात्मिक संस्कारको ‘निम्तो’ बोकेको हुन्छ । यो जात्राको आगमनसँगै टोलटोलमा बेग्लै उत्सवमय तामझामको महोत्सव प्रारम्भ हुन्छ ।
यद्यपि यो सामूहिक उत्सवको पर्व हो । पारिजात फूल साँझ पर्दै गर्दा फक्रिएर रातभरि फुल्दै बिहान हुँदा भुइँमा खसेर पनि सुगन्ध फैलाइरहन्छ । यो फूल यति पवित्र कि यही फूल लिनका निम्ति स्वर्गका राजा इन्द्रकी आमा नेपाल आउँछिन् । आमा खोज्दै इन्द्र समेत यहाँ आउँछन् ।
इन्द्रजात्रा भनेको रङ–रौनकको पर्व हो, जहाँ मानिस भीडमा हराउँछन् । अनि केही क्षण सामूहिकताको ज्वारभाटामा बग्छन् । पारिजात भने एकान्तको सुगन्ध हुन् । त्यहाँ कुनै मेला मात्र होइन, आत्माको अन्तरालसँगको संवाद हुन्छ । इन्द्रजात्राको उमङ्ग बाहिरी आँखाको भोज हो, पारिजातको सुगन्ध भने भित्री आत्माको अमृत हो ।
जीवनयात्रा मानौँ अपूर्ण पारिजात फूल नै हो, जुन बिहान झर्छ तर झरेपछि पनि पृथ्वीलाई सुगन्धित पारिरहन्छ ।
इन्द्रजात्रामा इन्द्रध्वजले एक शक्तिशाली प्रतीकको रूपमा कार्य गर्छ । यसले संस्कृति, धर्म र इतिहासको संयोजन गर्छ । यसले काठमाडौँ उपत्यकाको मौलिक पहिचानलाई अझ बलियो बनाउँछ ।
त्यसैले इन्द्रजात्रा उत्सवको भिडभाड केवल रौनक होइन, जीवनभित्रको पीडा स्वीकार गर्ने क्षमता पनि हो । इन्द्रजात्रा र पारिजात दुवै हाम्रो समाज र संस्कृतिका दुई पाटा हुन् । एउटाले हामीलाई भूस्वर्गको रङ्गीन झल्को देखाउँछ, अर्कोले आत्मालाई सुगन्धित पार्छ । अतः एउटा उत्सव हो, अर्को आत्माको फूल । यी दुवै मिलेपछि मात्र जीवनमा पूर्णता छाउँछ । हाम्रो परम्परागत संस्कृतिको जीवन्त झलक यसैमा प्रस्तुत हुन थाल्छ ।
अन्ततः जीवनलाई अर्थ दिने कुरा उत्सवको क्षणिक चमक मात्र होइन, त्यो चमकपछि बाँकी रहने सुगन्ध पनि हो । इन्द्रजात्राले आँखा रमाउँछ, पारिजातले मन भिजाउँछ । यही आँखा र मनको समन्वयले जीवनलाई भूस्वर्गको झल्को दिन्छ, जहाँ सामूहिक उल्लास र व्यक्तिगत पीडा दुवैले मिलेर सौन्दर्यको सिर्जना गर्छन् । त्यही सन्देशको प्रवाहमा जीवन, प्रकृति र संस्कृतिको सुन्दर सिलसिला सदा कायम रहिरहन सक्छ ।
काठमाडौँ उपत्यकाको साँझले, इन्द्रजात्राको रौनक, रङ, बाजा र मानिसहरूको भिडसँगै एक विशेष लय लिन्छ । त्यसबेला वातावरणमा एउटा अलौकिक सुगन्ध फैलिन थाल्छ । यो सुगन्ध इन्द्रजात्राको मात्र होइन, यो त ‘पारिजात’ को सुगन्ध पनि हो । नेपाली संस्कृतिको अविच्छिन्न परम्परा पनि हो । यसले स्वर्गको कल्पनालाई धर्तीमा उतारेको भान हुन्छ । इन्द्रजात्रा उत्सवको यो दुर्लभ सङ्गमले यस पर्वलाई ‘भूस्वर्गको झल्को’ बनाउन मद्दत गर्छ ।
इन्द्रजात्रा, जो इन्द्रको सम्मानमा मनाइन्छ, स्वर्गका राजा र वर्षाका देवताको यो पर्वलाई पारिजातको सुगन्धले अझ दिव्य बनाइदिन्छ । पारिजात, जसलाई पौराणिक कथामा स्वर्गको वृक्ष मानिन्छ, त्यसको फूलले यस समयमा आफ्नो मनमोहक सुगन्ध चारैतिर छरेर एक अदृश्य र आध्यात्मिक पुल निर्माण गर्छ । बाजाको तालमा मानिसका खुट्टा थर्किरहेका हुन्छन् । पारिजातको सुगन्धले उनीहरूको हृदयमा शान्ति र आनन्दको अनुभूति गराउँछ ।
इन्द्रजात्रामा हुने कुमारी, गणेश र भैरवको रथयात्रा, हलचोक भैरव, मजिपात लाखे नाचको उन्मत्त ताल र किलागलको पुलुकिसीको रमाइलो प्रस्तुति यी सबैले काठमाडौँको साँझलाई जीवन्त बनाउँछन् । यसैबिच मन्दिरको छेउमा, पुरानो घरको आँगनमा वा गल्लीको कुनामा फुल्ने पारिजातको फूलले यस उत्सवमा एक अदृश्य रङ थपिदिन्छ । यी फूलहरूले धार्मिक महत्त्व बोकेका हुन्छन् । यसले भूमिलाई पवित्र बनाउँछन् र इन्द्रजात्राको पावन पर्वको महत्त्वलाई अझ जीवन्त पार्छन् ।
इन्द्रजात्रा र पारिजातको सुगन्धको मिलनले काठमाडौँको साँझलाई एउटा जादुमय क्षणमा परिणत गर्छ । यो एक यस्तो क्षण जहाँ धर्ती र आकाश, मानव र देवता, सुगन्ध र उत्सव एकै ठाउँमा मिलेर एउटा दृश्यमय सुन्दरताको रचना गर्छन् । यसले हामीलाई जीवनको गहिराई र सौन्दर्यलाई महसुस गर्न सिकाउँछ । वास्तवमै यी सबैले काठमाडौँलाई ‘भूस्वर्गको झल्को’ बनाउँछ ।
काठमाडौँ उपत्यकाको मुटुमा अवस्थित हनुमानढोका दरबार, यहाँ हरेक वर्ष इन्द्रजात्राको बेला आस्था, संस्कृति र कलाको अनुपम सङ्गम झल्किन थाल्छ । यस पर्वको सुरुवात हनुमानढोकास्थित कालभैरव नजिकै लिङ्गो ठड्याएपछि हुन्छ । यो लिङ्गो सामान्य काठको खम्बा मात्र नभई यो एउटा प्रतीक हो, जसले इन्द्रजात्राको धार्मिक र सांस्कृतिक महत्त्वलाई जीवन्त पार्छ ।
अद्यापि लिङ्गो ठड्याउने प्रक्रिया एउटा सामान्य कार्य मात्र होइन यो ऐतिहासिक र आध्यात्मिक अनुष्ठान पनि हो । यो अनुष्ठानमा सहभागी हुने हरेक व्यक्तिले एक फरक ऊर्जा र भावनात्मक सन्तुष्टि महसुस गर्छन् । लिङ्गो ठडिनुसँगै उपस्थित हजारौँ जात्रालु मानिसको हृदयमा एक प्रकारको उत्साह र आस्थाको लहर पनि दौडिन्छ ।
लिङ्गोमा फहराइने अष्टमङ्गल अंकित इन्द्रको ध्वजाले यस पर्वको गरिमालाई अझ उँचो बनाउँछ । यो ध्वजाले इन्द्रजात्राको मात्र होइन, सम्पूर्ण उपत्यकाको सांस्कृतिक सम्पदालाई प्रतिनिधित्व गर्छ । यो ध्वजाले सुख, समृद्धि र शान्तिको कामना गर्छ । यो ध्वजाले इन्द्रजात्राको सम्पूर्ण तयारीलाई पूर्णता दिन्छ र यसले यस पर्वलाई एक नयाँ उचाइमा पुर्याउँछ ।
इन्द्रजात्राको बेला कालभैरवको सामुन्ने लिङ्गो ठड्याउनुको विशेष महत्त्व छ । कालभैरवलाई समयको प्रतीक र संरक्षक देवता मानिन्छ । सत्कर्ममा निरन्तर लाग्न प्रेरित गर्दै परम्परा र संस्कृतिको जगेर्नाका साथै हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको सांस्कृतिक विरासतलाई पनि सम्झाइरहन्छ ।
त्यसैले इन्द्रजात्रा एउटा पर्व मात्र होइन यो जीवन्त इतिहास पनि हो । यो इतिहासले काठमाडौँ उपत्यकाको सामाजिक, धार्मिक र सांस्कृतिक जीवनलाई प्रतिविम्बित गर्छ । लिङ्गो ठड्याउने र ध्वजा फहराउने यो प्रक्रियाले हामीलाई हाम्रो पुख्र्यौली गौरवमय पहिचानसँग जोड्ने काम गर्छ । यसले हामीलाई हाम्रो समृद्ध सांस्कृतिक परम्परामा गर्व गर्न सिकाउँछ ।
इन्द्रजात्राको एक महत्त्वपूर्ण प्रतीक इन्द्रध्वजोत्थान हो । यसको आफ्नै विशेष महत्त्व र विशेषता छन् । इन्द्रध्वजमा अष्टमङ्गल ९आठ शुभ चिह्न० अङ्कित हुन्छ । यी चिह्नले बौद्ध र हिन्दु दुवै धर्ममा महत्त्वपूर्ण स्थान राख्छन् । यसमा माछाको जोडी, अनन्त गाँठो, विजयी ध्वजा, पद्म, शुभ पात्र, धर्मचक्र, छत्र र शङ्ख समावेश हुन्छन् । यी चिह्नले शुभ र समृद्धिको प्रतीकको रूपमा काम गर्छन् । प्राचीनकालका राजाहरूले आफ्नो राजकीय अधिकार र शक्तिको प्रदर्शन गर्न प्रयोग गर्ने एक महत्त्वपूर्ण साधन थियो इन्द्रध्वज । यस ध्वजाले राजाको संरक्षण र शासनको प्रतीकको रूपमा काम गर्थ्यो । यसले राजाको शक्ति र अधिकारलाई प्रतिविम्बित गर्छ ।
इन्द्रध्वजको स्थापना र पूजा वर्षाका देवता इन्द्रको सम्मानमा गरिन्छ । किसान र सर्वसाधारणले राम्रो वर्षा र फसलका लागि इन्द्रसँग प्रार्थना गर्छन् । यस ध्वजाले इन्द्रको आशीर्वाद प्राप्त गर्ने विश्वास गरिन्छ ।
त्यसैगरी इन्द्रध्वजले काठमाडौँ उपत्यकाका नेवार समुदायका संस्कृति र परम्परालाई प्रतिनिधित्व गर्छ । यस ध्वजाले समुदायका सबै सदस्यलाई एकजुट पार्न मद्दत गर्ने विश्वास सदिऔँदेखि अद्यापि कायमै छ । इन्द्रध्वज बनाउन र सजाउन विशेष कला र शिल्प आवश्यक पर्छन् । यसमा लिङ्गो र ध्वजा बनाउने कला, विभिन्न रङ र चिह्नले सजाउने कला समावेश हुन्छ । यसले निश्चित जातिका सिपालु कलाकारहरूको अद्वितीय प्रतिभालाई पनि दर्शाउँछ ।
इन्द्रजात्रामा इन्द्रध्वजले एक शक्तिशाली प्रतीकको रूपमा कार्य गर्छ । यसले संस्कृति, धर्म र इतिहासको संयोजन गर्छ । यसले काठमाडौँ उपत्यकाको मौलिक पहिचानलाई अझ बलियो बनाउँछ ।


