नेपालगञ्ज, २६ भदौ । बाँकेको नेपालगन्जस्थित कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेका कैदीलाई सेनाले नियन्त्रणमा लिएको छ । बाहिर भाग्न उनीहरूले तोडफोड र आगजनी गरेका थिए । तर सेनाले उनीहरूलाई भित्रै रोकेको हो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिन केही राउण्ड गोलीसमेत चलाएको छ ।


