काठमाडौं, २७ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहपछि स्थिति सामान्य बनाउँदै सरकार चुनावमा केन्द्रित भएको बताएका छन् । निर्वाचनको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै यो सरकार गठन नै चुनाव गर्नको लागि बनेको बताए ।
उनले भने, ‘सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने प्रस्टसँग देखिएको छ । सुशासन सरकारको नियमित र उच्च प्राथमिकताको काम हो भन्ने हामीले बुझेका छौँ । सुशासन दिन नसक्दा विद्रोह हुने देखिसकेका छौँ । सुशासनको मामिलामा सचेत छौँ । माग सम्बोधन गर्छौँ ।’
जेनजी आन्दोलनबारे उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको भन्दै शहीदको सपनाभन्दा आफूहरू बाहिर नजाने बताए ।


