२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 2:05 am
फिचर

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सूचना प्रेस २०८२ मंसिर २१ आइतबार ००:००, १०:५३ बजे १ मिनेट पढाइ

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न छन् । “साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उनले भने, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।”

परम्परागत रूपमा खेती गर्दा मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उनले सागसब्जीखेती गरेर वर्षमा रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनी बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित छन् । उनले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आएका छन् । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उनी विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउँछन् ।

पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा लागेका छन् । आफ्ना उत्पादन बनारससम्म पुर्‍याउन उनले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गरेका छन् । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उनले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताए ।