काठमाडौं । एसियन थाइफुड्सले २०५६/५७ सालमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेको हो। कम्पनीले अहिले २५ वर्षको ऐतिहासिक समय पार गरिसकेको छ। सुरुमा हामीले ‘रमपम चाउचाउ’ ब्रान्डबाट उत्पादन थालेका थियौँ। राम्रो गुणस्तर, उत्कृष्ट प्याकेजिङ र बलियो ब्रान्डिङका साथ रमपमलाई बजारमा लैजाँदा यसले उपभोक्ताको मन जित्न सफल भयो । आजको दिनमा रमपमसँगै टू पीएम र हालै आएको डेभिल्स जस्ता अन्य धेरै उत्पादनहरू पनि बजारमा रुचाइएका छन्। एसियन थाइफुड्सले नेपालको चाउचाउ उद्योगमा अग्रणी स्थान राखेको छ।
कम्पनी सुरु गर्दा चाउचाउको बजार त्यति ठूलो थिएन। त्यो बेला चाउचाउ केवल पहाडी र हिमाली क्षेत्रमा मात्र बिक्थ्यो। पहिले नै चाउचाउको बजार भएको स्थानमा एसियन थाइफुड्सले त्यति ध्यान दिएन। चाउचाउ नखाने वर्गलाई लक्षित गरी नेपालमा नयाँ बजार सिर्जना गर्ने काम सुरु गर्यो।
सबैभन्दा पहिला झापाको बिर्तामोडबाट लन्चिङ सुरु गरियो। त्यसपछि बिराटनगर र अन्तमा काठमाडौँ पुग्यो। बिराटनगरमा चाउचाउको उपभोक्ता उच्च आम्दानी भएका मानिस मात्रै थिए । मध्यम र तल्लो वर्गमा मानिसले चाउचाउ खाँदैनथिए । मानिसलाई चाउचाउ खाने बनाउनु नै हाम्रो लागि चुनौती थियो।
बजारमा रमपमलाई चिनाउन प्याकेटभित्र ‘आकर्षक उपहार’ हालियो। मानिसले उपहारको लोभले चाउचाउको प्याकेट खोल्छन्, खोलेपछि एकपटक चाउचाउ चाख्दा उनीहरुले स्वाद मन पराउँछन् अर्को पटक रमपम नै किन्छन् भन्ने हाम्रो रणनीति थियो ।
त्यो बेला चाउचाउको मूल्य १० रुपैयाँ थियो । हामीले चाउचाउभित्र टफी राख्न थाल्यौँ । यसबाट बच्चाले ‘टफीवाला चाउचाउ’ भनेर माग्न थाले। यसरी बिस्तारै रमपमको नाम बच्चाहरूमा स्थापित भयो।
त्यसपछि ‘खाँदै जाऔँ, खेल्दै जाऔँ, जित्दै जाऔँ’ भन्ने नारासहित कम्पनीले हौजी ताम्बोला र कुपनका स्किमहरू पनि ल्यायो। आज कोशी र मधेश प्रदेशमा एसियन थाइफुड्स एक नम्बरमा छ ।
हामीले पीरो चाउचाउको उत्पादन सुरु गरेपछि स्थानीय किसानलाई पनि निकै फाइदा भएको छ । हामीले किसानको अकबरे खुर्सानी उनीहरुकै बारीमा गएर उठाउँछौँ । अहिले एक किलो खुर्सानीको मूल्य १४ सय रुपैयाँसम्म पर्छ । यसले गर्दा किसानहरु धेरै खुसी छन् ।
जोखिम लिएर टू पीएम अकबरेको सुरुवात
बजारमा कोरियन नुडल्सको ट्रेन्ड बढेको थियो। युवा जमातहरू स्पाइसी (पिरो) खानेकुरा रुचाउँथे। भाटभटेनी जस्ता स्टोरका र्याकहरू कोरियन स्पाइसी नुडल्सले भरिएका हुन्थे। ५/६ वर्ष पहिले मान्छेहरू १ सय ५० देखि २०० मा त्यो प्याकेट किन्थे। यसले नेपाली जनतासँग पैसा छ भन्ने देखायो, उनीहरूलाई गुणस्तर भएको चाउचाउ दिनु आवश्यक थियो।
यही ट्रेन्डलाई ध्यानमा राखेर कम्पनीले पिरो चाउचाउ ‘टु पीएम अकबरे’ ल्यायो। यसमा नेपालकै अकबरे खुर्सानी प्रयोग गरिएको थियो। अकबरे खुर्सानी संसारको टप टेन स्पाइसी खुर्सानीमा पर्छ। कम्पनीले नेपालमै पहिलो पटक २० रुपैयाँको सेगमेन्टबाट ५० रुपैयाँको सेगमेन्टमा उत्पादन ल्यायो। यो एउटा ठूलो जोखिम थियो।
व्यापारमा सफलताका लागि जोखिम लिनै पर्छ भन्ने कम्पनीको विश्वास छ। जोखिम नलिई कुनै पनि नयाँ रचनात्मक काम वा आविष्कार हुन सक्दैन। नयाँ काममा सफलताको सम्भावना कम र असफलताको सम्भावना बढी हुन्छ। तर, राम्रो मार्केटिङ स्किल, राम्रो ब्रान्डिङ, राम्रो प्याकेजिङ, र सबैभन्दा महत्त्वपूर्ण राम्रो क्वालिटी दिइयो भने उत्पादन चल्छ भन्ने विश्वास कम्पनीको थियो। ब्रान्डिङ र प्याकेजिङ र गुणस्तरका कारण उपभोक्तालले हाम्रो पीरो चाउचाउ पनि रुचाएका छन् ।
हामीले पीरो चाउचाउको उत्पादन सुरु गरेपछि स्थानीय किसानलाई पनि निकै फाइदा भएको छ । हामीले किसानको अकबरे खुर्सानी उनीहरुकै बारीमा गएर उठाउँछौँ । अहिले एक किलो खुर्सानीको मूल्य १४ सय रुपैयाँसम्म पर्छ । यसले गर्दा किसानहरु धेरै खुसी छन् ।
केही वर्षपहिले सम्म झापामा हजारौँ भुटानी शरणार्थी थिए, अमेरिकी सरकारसँग सम्झौता गरेर नेपाल सरकारले उनीलाई अमेरिका पठायो । हाम्रो चाउचाउ खाने बानी परेका उनीहरुले अमेरिकाबाटै चाउचाउ मगाउन थाले । हामीले अहिले अमेरिकामा निकै धेरै चाउचाउ निर्यात गर्छौँ । अहिले नेपाली बाहेकका मानिसहरु पनि नेपाली चाउचाउप्रति आकर्षित छन् ।
एसियन थाइफुड्स गुणस्तरमा एकदम सचेत छ। कुनै पनि नयाँ उत्पादन निकाल्नुअघि छ महिनादेखि आठ महिनासम्म अनुसन्धान गरिन्छ। बजारमा ठाउँ ठाउँमा मान्छेहरूलाई खुवाएर टेस्ट रिपोर्ट लिइन्छ।
हालै कम्पनीले डेभिल्स (Devils) नामको नयाँ उत्पादन लन्च गरेको छ। टू पीएम अकबरे एकदमै बढी पिरो छ र त्यो खासगरी बढी स्पाइसी खाने मान्छेका लागि हो,डेभिल्सलाई भने सबैले खान सक्ने गरी स्पाइसी र स्वादिष्ट बनाइएको छ। डेभिल्स लन्च गर्नुअघि पनि एक वर्षसम्म यसलाई टेस्टिङ गराइएको थियो। अहिले काठमाडौँमा कम्पनीले डेभिल्सको निःशुल्क स्वाद परीक्षण गराइरहेको छ। डेभिल्सको प्याकेट जस्तै डिजाइन भएको विशेष भ्यानमार्फत पकाएर उपभोक्तालाई टेस्ट गराइन्छ।
कम्पनीले यो टेस्टिङमा धेरै खर्च गरेको छ र अहिले नोक्सानीमा भए पनि यसलाई लगानी मानिएको छ। उपभोक्ता उत्पादनसँग परिचित होऊन् र क्वालिटी राम्रो भयो भने चाउचाउ चल्नेछ भन्ने कम्पनीको विश्वास छ।
अन्तर्राष्ट्रिय बजार र निर्यात
एसियन थाइफुड्सले नेपालबाट ३० देशमा आफ्नो उत्पादन निर्यात गर्छ। अमेरिकामा रमपम चाउचाउको बिक्री सबैभन्दा बढी छ। यो बजारको विस्तार पहिले भुटानबाट अमेरिका पुगेका शरणार्थीहरूकै कारणले भएको थियो। उनीहरूको रमपम खाने बानीले गर्दा त्यहाँ रमपमको माग भयो। आज त्यहाँ नेपाली मात्र नभई विदेशी उपभोक्ताले पनि रमपम रुचाएका छन्।
एसियन थाइफुड्स गुणस्तरमा एकदम सचेत छ। कुनै पनि नयाँ उत्पादन निकाल्नुअघि छ महिनादेखि आठ महिनासम्म अनुसन्धान गरिन्छ। बजारमा ठाउँ ठाउँमा मान्छेहरूलाई खुवाएर टेस्ट रिपोर्ट लिइन्छ।
कम्पनीले निर्यात बढाउन आफ्नो खर्चमा अन्तर्राष्ट्रिय व्यापार मेलाहरू गर्दै आएको छ । हामीले दुबई, नाइजेरिया, जर्मनी, टर्की, भारत लगायतका देशमा ब्रान्डिङ गरेका छौँ । विदेशमा नेपाली नुडल्स भनेर खाइन्छ। यो नेपालको लागि पनि गर्वको कुरा हो। तर यसमा नेपाल सरकारले कुनै सहजीकरण र अग्रसरता लिएको छैन ।
निर्यात प्रवर्द्धनको लागि सरकारबाट अहिलेसम्म कुनै पनि किसिमको सहयोग वा अनुदान प्राप्त भएको छैन। आफ्नो पैसाबाट अन्तर्राष्ट्रिय स्टलको भाडा तिर्दा पनि त्यसको भुक्तानीको ड्राफ्ट पठाउन समस्या भएको छ । एक डेढ महिनासम्म प्रक्रिया पुगेको छैन, धेरै डकुमेन्ट मिलाउनु परेको छ । यो त कुनै पनि व्यवसायीको लागि निकै दुखद कुरा हो । यसबारेमा हामीले केही दिनअघि उद्योग मन्त्रालयका सचिवको ध्यानाकर्षण पनि गराएका छौँ ।सरकारलाई व्यवसायीको सुझाव
निर्यात बढाउन निजी क्षेत्रले मात्र कति काम गर्ने भनेर प्रश्न उठेको छ। निर्यात प्रवर्द्धन केन्द्रले काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।
सरकारले नेपाललाई चिनाउने आठ दशवटा उत्पादनहरू जस्तै, छुर्पी, यार्सागुम्बा, अदुवा, अमरिसो लगायतका उत्पादनलाई समेटेर ‘नेपाल प्याभिलियन’ बनाउनु पर्छ। यो प्याभिलियन विश्वभरका एक्सपोहरूमा लैजानुपर्छ। ब्रान्डिङ गरियो भने ५० रुपैयाँको चिजलाई हजार रुपैयाँमा बेच्न सकिन्छ, अन्यथा त्यो सुको भाउमा बिक्छ।
पर्यटनको विकास गर्ने हिसाबले पनि नेपाललाई हिमालयन किङडम, बुद्धको देश, पशुपतिनाथ र मुक्तिनाथ भएको देशको रूपमा चिनाउन सकिन्छ। यो कार्य गरेमा १० वर्षमा निर्यात् हजार गुणाले बढ्छ। नेपाललाई माया गर्ने मान्छे धेरै छन्। युरोपेली तथा बाहिरका देशका मान्छेहरूले नेपालको सामान किन्यो भने गरिब देशलाई सहयोग हुन्छ भन्ने भावना पनि राख्छन्।
कम्पनीले आईपीओ मार्फत जनतालाई आफ्नो २५ वर्षे यात्राको साझेदार बनाउन चाहेको छ। त्यसको लागि एसियन थाइफुड्सले चाँडै नै आईपीओ जारी गर्ने तयारी गरिरहेको छ। हाम्रो कम्पनी अहिले पब्लिक लिमिटेड भइसकेको छ। आईपीओको लागि एशियन थाइ फुड्स लिमिटेडले हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीले आईपीओ मार्फत जनतालाई आफ्नो २५ वर्षे यात्राको साझेदार बनाउन चाहेको छ। त्यसको लागि एसियन थाइफुड्सले चाँडै नै आईपीओ जारी गर्ने तयारी गरिरहेको छ। हाम्रो कम्पनी अहिले पब्लिक लिमिटेड भइसकेको छ। आईपीओको लागि एशियन थाइ फुड्स लिमिटेडले हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरेको छ।
व्यवसायीमाथि नकारात्मक दृष्टिकोण
अहिले एसियन थाइ फुड्सका विभिन्न उद्योगमा पाँच हजार भन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्। कम्पनीले राज्यलाई अरबौँ रुपैयाँ राजस्व पनि बुझाउँछ। हामी जस्ता उद्योगीले यहाँ लाखौँ रोजगारी दिएका छन्, देशको अर्थतन्त्र चलायनमान भएको छ ।
तर, समाजमा व्यवसायीहरूलाई चोर वा ठग भन्ने नकारात्मक दृष्टिकोण बढ्दैछ । त्यो दृष्टिकोण निकै घातक छ। काम गर्न नसक्ने मान्छेले ईर्ष्यावश यस्तो कुरा बोल्ने गर्छन्। राम्रो काम गर्ने व्यवसायी देशका राष्ट्रभक्त हुन्। उनीहरू जोखिम मोलेर काम गर्दा राष्ट्रको देशकै अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ ।
यसरी नकारात्मकता फैलाउनुभन्दा हामीले यहाँका सम्भावना खोजेर काम गरेमा देश बन्छ । हाम्रा उत्पादन र हामीसँग भएका प्राकृतिक सम्पत्तिको सदुपयोग गर्नुपर्छ । भविष्यका योजना
कम्पनीले आईपीओ मार्फत जनतालाई आफ्नो २५ वर्षे यात्राको साझेदार बनाउन चाहेको छ। त्यसको लागि एसियन थाइफुड्सले चाँडै नै आईपीओ जारी गर्ने तयारी गरिरहेको छ। हाम्रो कम्पनी अहिले पब्लिक लिमिटेड भइसकेको छ। आईपीओको लागि एशियन थाइ फुड्स लिमिटेडले हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरेको छ। यसले एशियन थाइ फुड्सलाई पुँजी बजारमा प्रवेश गर्न र आगामी विस्तार योजनालाई गति दिने अपेक्षा गरिएको छ। आईपीओले हामीलाई नवप्रवर्तन तथा विश्वव्यापी बजार विस्तारमा थप लगानी गर्न मद्दत पुर्याउनेछ। आईपीओको तयारीका लागि करिब एक वर्ष लाग्न सक्छ। यो फास्ट मुभिङ कन्ज्युमर गुड्स (FMCG) क्षेत्रमा पहिलो आईपीओ हुन सक्छ। बजारमा एसियन थाइ फुड्सको विश्वास कति धेरै रहेछ भन्ने कुरा अहिले आईपीओमा देखिएको चासोले पनि प्रष्ट पारेको छ ।

हामी जस्ता उद्योगीले यहाँ लाखौँ रोजगारी दिएका छन्, देशको अर्थतन्त्र चलायनमान भएको छ । तर, समाजमा व्यवसायीहरूलाई चोर वा ठग भन्ने नकारात्मक दृष्टिकोण बढ्दैछ । त्यो दृष्टिकोण निकै घातक छ। काम गर्न नसक्ने मान्छेले ईर्ष्यावश यस्तो कुरा बोल्ने गर्छन्। राम्रो काम गर्ने व्यवसायी देशका राष्ट्रभक्त हुन्। उनीहरू जोखिम मोलेर काम गर्दा राष्ट्रको देशकै अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ ।
कम्पनीको नेटवर्थ पनि राम्रो छ, नाफा राम्रो छ । ब्रान्डको भ्यालु पनि अत्यन्तै राम्रो भएकाले आईपीओमा धेरैको चासो भएको होला । नेपालमा ब्रान्डको भ्यालुबारे खासै चर्चा नभएको अहिलेको अवस्थामा हाम्रो ब्रान्ड भ्यालुबारे चर्चा हुनु खुसीको कुरा हो ।
अर्कोतिर व्यापार पनि बढिरहेको छ । सन् २०२४ मा एसियन थाइफूड्सले ४ अर्ब ८७ करोड ९० लाख रुपैयाँको चाउचाउ व्यापार गरेको छ । सरकारले भन्सार दर लगाएर संरक्षण गरेका कारण चाउचाउ, चिप्स, स्न्याक्स र बेभरेज कम्पनीहरुले लाभ लिइरहेका छन्।विदेशमा लगानीको सवाल
नेपाली उद्योगहरूलाई विदेशमा लगानी गरी उद्योग स्थापना गर्ने बाटो खुल्नुपर्छ। विदेशीले नेपालमा लगानी गर्न पाउँछन् भने नेपाली उद्योगपतिले पनि विदेशमा लगानी गरेर विदेशी मुद्रा आर्जन गरी नेपाल पठाउन सक्नुपर्छ। यसले नेपाली उद्योगपतिको शिर उच्च बनाउँछ र देशप्रतिको गर्व पनि बढ्छ। नेपालबाट विदेशमा निर्यात गर्न गाह्रो भइरहेको बेलामा नेपालीले विदेशमा लगानी गरेर उद्योग खोलेमा धेरै सजिलो हुन्छ ।
यस वर्षको बजेटमा विदेशमा लगानी गर्न पाउने गरी केही व्यवस्था उल्लेख गरिएको छ । निर्यातको निश्चित प्रतिशत रकम विदेशमा लगानी गर्न पाउने कुरा बजेटमा उल्लेख छ । तर यसबारेमा थप कानुन वा निर्देशिका बनेको छैन । कानुन बन्यो भने हामीले कानुन अनुसार विदेशमा पनि उद्योग खोलेर नेपाली उत्पादनलाई विश्वका कुना कुनामा पुर्याउन चाहान्छौँ ।


