२७ जेष्ठ २०८३, बुधबार 1781077318
Banner

ऋषि धमलाकी पत्नी एलिजा गौतम आजपाको उपाध्यक्ष बनिन्

काठमाडौँ ।ऋषि धमलाकी पत्नी एलिजा गौतम आजपाको उपाध्यक्ष बनेकी छन । न्मोडेल एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् । 

आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी गौतमलाई टीका, माला लगाई पार्टीमा प्रवेश गराएका हुन । 

आजपा प्रवेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउनका लागि आजपामा प्रवेश गरेको बताइन् । 

पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेको लहर चलेको छ । यसैगरी नेपाली कांग्रेस निकटको जनजाति महासङ्घको गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, नेपाली कांग्रेस सर्लाहीका नेता एवं पुर्वमुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य ललिता चौधरी (सिरहा) लगायतका नेताहरू पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।