काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता जारी छ ।

कुपण्डोलस्थित कुमार बेनको निवासमा उनीहरूबीच निर्णायक वार्ता भइरहेको हो । सहकार्यका लागि यसअघि रवि र बालेनबीच मंगलबार राति ६ घन्टा वार्ता भएको थियो ।
यसैबीच बालेनले उर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गरिसकेका छन् । कुलमान र बालेनबीच पनि सहकार्यका लागि सकारात्मक वार्ता भएको बताइएको छ ।


