२५ कार्तिक २०८३, बुधबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 2:47 am
Banner

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

सूचना प्रेस २०८२ पुस १४ सोमबार ००:००, ०९:४६ बजे १ मिनेट पढाइ

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक आज (सोमबार) जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह १२ बजे जान लागेका हुन् ।

पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।