१५ श्रावण २०८३, शुक्रबार 1785508579
Banner

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा वा राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कुनै पनि व्यक्तिलाई समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ।

पार्टी शीर्ष नेतृत्वबीच भएको सहमति अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिक निर्वाचनमार्फत निर्वाचित भइसकेकाहरूलाई यसपटक समानुपातिक तर्फ सिफारिस नगरिने भएको हो।

आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन रहेको अवस्थामा सूचि तयार गर्दा सबै नयाँ अनुहारलाई मात्र समावेश गर्ने निर्णय गर्ने पार्टी नेकपा मात्रै भएको बताइएको छ।