नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ वीर अस्पतालमा उपचारार्थ पुऱ्याउदै गर्दा दाहालको निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् ।

दाहाल विपी विचारका सच्चा अभियन्ता थिए । उनी ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहालका दुई छोरा डा सुधाम्शु दाहाल र हिमाम्सु छन् ।


