३० आश्विन २०८३, शुक्रबार 2:00 pm
समाचार

सिरमौरमा बस दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं : भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट तल खसेको हो ।

बसमा ४५ जना सवार थिए। घाइते सबैलाई विभिन्न अस्पतालमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटना के कारणले भयो भन्ने कुरा अझै थाहा भएको छैन।