२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 9:13 pm
Banner

आज १६५ वटै निर्वाचन क्षेत्रको कार्यालय खुल्दै

सूचना प्रेस २०८२ माघ २ शुक्रबार ००:००, ०७:२४ बजे १ मिनेट पढाइ

काठमाडौं । शुक्रबार १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन नजिकिँदै जाँदा निर्वाधन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो।

संघीय राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय खुल्ने जिल्ला निर्वाचन अधिकारीले जानकारी दिएका छन् । ‘निर्वाचनको वातावरण बनेको छ। हामीले दसवटै निर्वाचन क्षेत्रमा कार्यालय खोल्नका लागि सबै तयारीकम छौं,’ ति अधिकारीले भने ।

देशैभर सोही समयमा कार्यालय स्थापना हुनेछन्। देशैभरका सबै निर्वाचन क्षेत्रमा एकै समयमा कार्यालय खोल्दा त्यसले निर्वाचनको माहोललाई अझ विस्तार गर्ने निर्वाचन आयोगले बताएको छ।