काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ लाई राजनीतिको आधारभूमि बनाउँदै आएका नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सर्लाही–४ को उम्मेदवार बनेपछि काठमाडौंमा सचिनको चर्चा बढ्न थालेको छ । चुनावी समयमा सधै चर्चामा रहने काठमाडौं ४ मा गगनले आफ्नो उत्तराधिकारीको रूपमा जेनजी पुस्ताका तिमल्सेनालाई उठाएपछि उक्त क्षेत्रमा तिम्सेनाको चर्चा बढेको हो ।

को हुन सचिन तिम्सेना ?
काठमाडौं क्षेत्र नम्बर ४ का स्थायी बासिन्दा सचिन पछिल्लो एक दशकदेखि युवा राजनीति, नागरिकता स्वतन्त्रता लोकतन्त्र र सामाजिक न्यायका मुद्धामा निरन्तर सक्रिय एक जिम्मेवार र हस्तक्षेपकारी नेतृत्वका रुपमा परिचित छन ।
२०१७ देखि २०२४ सम्म युथ नेपालका अध्यक्षको भुकिामा रहदा उनले युवालाई केवल राजनीतिक नारामा सिमित नराखी नीति निमार्ण ,सार्वजनिक बहस र लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष जोडने काम गरे । त्यसको एउटा ऐतिहासिक उदाहरण हो नेपाली काँग्रेसको नीति हाकाथुन २०८० जाँ गिग इकनोमी र जलवायु परिर्वतनजस्ता बिषयमा युवाले तयार गरेका नीति पत्रहरु संसदीय दलसम्म पगे र पार्टीको नीति निमार्ण प्रकृयामा समावेश भए । नेपालका राजनीतिक दलहरुमा यस किसिमको अभ्यास पहिलो पटक भएको थियो ।
सचिन तिम्सनाको नेतृत्वमा भर्चुअल छलफल, लोकतन्त्र, महिला सहभागिता, मानव अधिकारको सवाल लगायतका बिषयमा उनी स्पष्ट र दृढ रुपमा उभिए । सामाजिक सञ्जालको व्यवस्थापन निषेधित क्षेत्र घोषणा, असवैधानिक प्रतिनिधिसभा विघटन तथा आन्दोलन जस्ता घटनाहरुमा सचिन तिम्सिनाले संस्थागत सडक दुबै तहमा लोकतन्त्रको पक्षमा हस्तक्षेप गरे । कोभिडको बेला गरेको सहयोग, स्वास्थ्य संवाद,समाजसेवी भावना आर्थिक सहयोगमा देखिएको उनको खटाइले काठमाडौं क्षेत्र नम्बर ४ का जनता प्रभावित बनेका छन् ।
तसर्थ सचिनलाई आगामी चुनाव जिताउन सकेको खण्डमा उनको राजनीतिक यात्रा सत्तामुखी मात्र नभएर, प्रणालीमा सुधारमुखी देखिन्छ भन्ने मतदाताको भनाइ छ ।


