काठमाडौं । ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी केन्द्रीय सदस्य एव जेन्जी अस्मिता थापाको क्रेज बढदै गएको छ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाकी पुर्व उपप्रमुख थापालाई पार्टीले जेन्जी उम्मेदवार बनाएपछि थापाको सक्रियता बढेको हो ।

ओखलढुंगा जिल्लामा नेकपा एमालेका प्रभावशाली नेता यज्ञराज सुनुवार र किशोर अधिकारीको दरिलो अभिभावकत्व र साथ् पाएकी अस्मिताले यस अघि जिल्ला कमिटी उपसचिवका रुपमा काम गर्दै जिल्लामा सक्रिय नेतृको पहिचान स्थापित गरेकी छन।

ओखलढुंगामा थापा संगै नेपाली कांग्रेसका कुमार लुइँटेल,रास्वपाका विश्वराज पोखरेल सहित विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन ।


