२६ जेष्ठ २०८३, मंगलबार 1781062906
समाचार

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

विभिन्न व्यक्तिको मानमर्दन र अफवाह फैलाउने खालका क्रियाकलाप सामाजिक सञ्जालमार्फत् गरेको देखेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।