१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 7:35 pm
समाचार

यूएईमा सातजना र इरानमा एकजना नेपाली पक्राउ

सूचना प्रेस २०८२ चैत्र ६ शुक्रबार ००:००, १५:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । यूएईमा सातजना र इरानमा एकजना नेपाली पक्राउ परेका छन् ।

प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा सातजना पक्राउ परेका हुन् ।

इजरायल–अमेरिका र इरानबीच जारी युद्धमा ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा हालेको आरोपमा उनीहरू फक्राउ परेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ परेका व्यक्तिलाई १ वर्ष जेल तथा १ लाख दिरामसम्मको सजाय हुनसक्छ ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा इरानको होर्मुज जलक्षेत्रबाट पनि एक नेपाली पक्राउ परेका हुन् ।