काठमाडौं : कास्कीको पोखरामा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ग२च २१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर विकको सोमबार बिहान मृत्यु भएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


