२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 1:12 am
Banner

डोटीमा बोलेरो दुर्घटना, दुईजनाको मृत्यु

सूचना प्रेस २०८२ चैत्र १० मंगलबार ००:००, ०७:१९ बजे १ मिनेट पढाइ

डोटी । डोटीको आदर्श गाउँपालिका–६, रौसेल्ला खोलानजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोलेरो चालक आदर्श–३, काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुंगेलले जानकारी दिए ।

उनका अनुसार, खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गएराति १२ बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि दुवैजना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेका थिए ।