भक्तपुर । सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज सामग्री सिधैँ उपभोक्तासमक्ष पुर्याउने उद्देश्यले आजदेखि ‘घुम्ती हाट बजार’ सञ्चालनमा ल्याएको छ । सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटस्थित गोदावरी करिडोरमा “घुम्ती हाट बजार” को शुरुवात गरिएको हो ।

हाट बजारको शुभारम्भ गदै सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भटटराईले किसानले उत्पादन गरेका कृषिउपज सामग्रीसहित घरेलु तथा हस्तकलामार्फत उत्पादन गरेका सामग्री हाटबजारमा उचित मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाइ उपभोक्ताले ताजा र गुणस्तरीय सामग्री सहुलियत शुल्कमा पाउने व्यवस्थाको सुनिश्चित गरिएको बताउनुभयो । “किसानले उत्पादन गरेका सामग्री बिक्री गर्न नगरले निःशुल्क स्थान उपलब्ध गराएकाले सहुलियत शुल्कमा उपभोक्तासमक्ष प्रत्यक्ष पु¥याउन सहज बन्नेछ,” उपप्रमुख भटटराईले भन्नुभयो, “ नयाँ पुस्ता र पुराना पुस्तालाई जोडने एक अर्कासँग भेट गराउने माध्यम हाटबजार पनि हुन सक्ने भएकाले यसको शुरुवात गरिएको हो । ’

साना व्यवसायलाई रोजगारमुखी बनाउन र स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न हाटबजार प्रभावकारी हुने उहाँको जोड थियो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष प्रदिप कार्कीले उपभोक्ताबाट गरिएको मागअनुसारर सञ्चालनमा ल्याइएको हाटबजारमा कृषि सामग्रीमा नदेखिने गरेर भइरहेको विचौलिया अन्त्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । किसानले उत्पादन गरेका सामग्री व्यवसायीमार्फत उपभोक्तामाझ पु¥याउँदा यसबीचमा हुने विभिन्न चरणका कारोबारले लगानी दोब्बर पुग्ने गरेको छ उहाँले भन्नुभयो।

किसानले लगानीअनुसार मूल्य नपाएको गुनासो र उपभोक्ताले लगानी गरेको महँगो शुल्कमा ताजा र गुणस्तरीय सामग्री नपाएको समस्याको प्रमुख कारण व्यवसायका नाममा देखिएका विचौलियाको गतिविधि रहेको नगरपालिकाको बुझाइ छ । सोही गुनासो र समस्यालाई मध्यनजर गर्दै नगरपालिकामार्फत गठित समितिले गरेको अध्ययन र दिएको सिफारिसका आधारमा हरेक शनिबार सेवा दिने गरेर हाट बजार केन्द्र सञ्चालमा ल्याएको अध्यक्ष कार्कीको भनाइ छ ।

पछिल्लो समय बजारमा देखिएका असन्तुलित मूल्य अवस्था र त्यसमार्फत विचौलिया हाबी भएको भन्दै नियन्त्रणका लागि हाटबजार सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । किसान र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले नगरपालिकाले अन्य वडामा पनि हाटबजार सन्चालनमा ल्याउने जनाएको छ ।





