२२ भदौ २०८३, सोमबार 1788829392
समाचार

राप्रपाको वैधानिकता धेरै बाँकी छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको वैधानिकता धेरै बाँकी रहेको बताएका छन्। राप्रपा परित्याग गरेका धवल शम्शेरले बुधबार एक वक्तव्य जारी गर्दै जेठ १९ गतेदेखि राप्रपाको वैधानिकता सकिएको उल्लेख गरेका थिए।त्यसतर्फ लक्ष्य गर्दै बिहीबार प्रवक्ता श्रेष्ठले पार्टीको वैधानिकता नसकिएको र भ्रममा नपर्न आग्रह गरेका हुन्।

‘आरोप लगाउँदा पनि फेरि फर्केर आउनुपर्ने ठाउँ बाँकी राखेर लगाउँ है साथीहरू,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘राप्रपाको वैधानिकता सकियो भनेर आरोप लगाइएछ, भ्रममा नपरौं। निर्वाचन कानुन, दलीय अभ्यास र हाम्रै अनुभवमा पनि राप्रपाको वैधानिकता धेरै बाँकी छ।’