१ असार २०८३, सोमबार 1781523347
समाचार

चतुर्भुज परियोजनाले आर्थिक गतिविधि चारैतिर विस्तार हुन्छ : पूर्वसचिव अधिकारीराष्ट्रिय दोहोरी गीत प्रतियोगिताको विजेता बने निशान्त र संगीना

काठमाडौं । ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’मा निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख)) प्रथम घोषित भएका छन् ।

आइतबार अबेर राति सम्पन्न फाइनल प्रतियोगीतामा उनीहरुले १७ टिमलाई पछि पर्दै शीर्ष विजेता बन्न सफल भएका हन् । प्रथम भएका विक र थापामगरले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा तीन दिन चलेको प्रतियोगीतामा सरोज सिंखडा र जमुना विश्वकर्मा (प्रतिष्ठान बागमती प्रदेश (क)) द्वितीय र मानव रावत क्षेत्री र भावना अर्याल (प्रतिष्ठान मधेश प्रदेश (क)) तृतीय घोषित हुँदा राजमान खत्री र शान्ता वली (प्रतिष्ठान लुम्बिनी प्रदेश (ख))ले सान्तोना पुरस्कार प्राप्त गरे । द्वितीयले २ लाख, तृतीयले पुरस्कार १ लाख र सान्त्वनाले ५० हजार नगद पुरस्कारको रुपमा प्राप्त गरे ।

जेठ २९ गते सुरु भई ३१ गतेसम्म चलेको प्रतियोगीतामा उत्कृष्ट गायक राजु लामिछाने (प्रतिष्ठान बागमती प्रदेश (ख)), उत्कृष्ट गायिका जमुना सुनार (प्रतिष्ठान उपत्यका समन्वय समिति (क)), उत्कृष्ट नव गायक बिक्रम गहतराज (प्रतिष्ठान सुदुरपश्चिम प्रदेश (ख)), उत्कृष्ट नव गायिका शितल कल्पना विक (प्रतिष्ठान कर्णाली प्रदेश (ख)), अनुशासित गायक बेल बहादुर परियार (प्रतिष्ठान मधेश प्रदेश (ख)), अनुशासित गायिका शान्ति कार्की (प्रतिष्ठान चण्डीगढ), उत्कृष्ट भेषभूषा (पुरुष) प्रितम पोखरेल (प्रतिष्ठान युके)र उत्कृष्ट भेषभूषा (महिला) सीता माझी (प्रतिष्ठान कोशी प्रदेश (क)) बन्न सफल भए ।

नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सोचेभन्दा भव्य भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् ।

प्रतियोगिता अगाडि सहभागी टिमलाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट समितिले फाइनलका लागि १८ टिम छनोट गरेको थियो ।