काठमाडौँ : धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोस्थित सृष्टि क्रसर उद्योगमा कार्यरत एक कामदार मृत अवस्थामा फेला परेको छन्।
नेत्रावती डबजोङ गाउँपालिका-१ कागुने घर भई उक्त क्रसरमा काम गर्ने ३५ वर्षीय दीपक मगर बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।
तुलसीप्रसाद पोखरेलले सञ्चालन गरेको सृष्टि क्रसर उद्योगभित्र रहेको एकतले जस्तापाताको टहरामा मगर घोप्टो सुतिरहेको अवस्थामा मृत फेला परेको हो ।
सँगै काम गर्ने अन्य कामदारहरूले मगरलाई मृत अवस्थामा देखेपछि बिहान करिब ८:३० बजे प्रहरी चौकी महादेववेशीमा खबर गरेका थिए।
प्रहरीका अनुसार मृतक मगरको शवलाई पोस्टमार्टम (शव परीक्षण)का लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ।


