४ आश्विन २०८३, आइतबार 1789942185
Banner

राष्ट्रपतिद्धारा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेका छन्।

शनिबार अपराह्‍न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी भई जात्रा अवलोकन गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथ तथा जीवित देवी कुमारीको दर्शनसमेत गरे।

परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने गरिन्छ। यस वर्ष पनि गुठी संस्थानका कर्मचारीले सर्वसाधारण र विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भोटो प्रदर्शन गरेका थिए।

नेपाली समाजमा रातो मच्छिन्द्रनाथलाई अन्नदाता, वर्षा गराउने तथा अनिष्ट र अनिकालबाट रक्षा गर्ने देवताका रूपमा मान्ने गरिन्छ। यही कारण यस जात्राको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्व विशेष रहेको छ।