२२ भदौ २०८३, सोमबार 1788799441
समाचार

श्रीमतीलाई तातो तेल खन्याएर आगो लाउने श्रीमान् पक्राउ

काठमाडौँ : श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा कञ्चनपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्ट छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले शनिबार भिमदत्त ४ बाट पक्राउ गरेको हो।

गएको १५ गते भान्सामा सेल रोटी पकाउँदै गरेकी श्रीमतीको शरीरमा तेल खन्याएर आगो लगाएपछि उनी फरार भएका थिए।

उनीविरुद्ध तेजाब तथा अन्य रसायनिक, जैविक वा विशालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।