११ आश्विन २०८३, आइतबार 4:52 pm
Banner

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, सर्तविपरित बढी परिमाणको गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा मेयर श्यामप्रसाद यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका राधेश्याम शाहविरूद्व मुद्दा दायर गरेको हो । उनीहरुबाट जनही २ करोड ७५ लाख ६६ हजार बिगो तथा कैद सजाय माग गरिएको छ।