१४ श्रावण २०८३, बिहिबार 1785431222
शिक्षा /स्वास्थ्य

जनकपुरमा शुक्रबारसम्मको लागि विद्यालय बन्द

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषा जिल्लाको विभिन्न स्थानमा अनिश्चितकाल कर्फ्यु आदेश जारी गरेपनि धनुषा जिल्लाको विद्यालयमा शुक्रबार पठनपाठन बन्द रहने भएको छ ।

आज एन प्याब्सन, प्याब्सन, हिसान र एम प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर शुक्रबार शैक्षिक संस्था बन्द रहने जनाएको छ । विद्यार्थिलाई विद्यालय आवतजावतमा कठिनाइ हुन सक्ने हुुनाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, आज विद्यालय छुट्टीपश्चात विद्यार्थीलाई घरसम्म पुर्‍याउन सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ ।