२ भदौ २०८३, मंगलबार 1787085848
Banner

विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

दुई बालिका बेपत्ता भएकी छन् । यस्तै, एक बालिका खोलाबाट आफैं निस्कन सफल भएकी छन् । मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा वासुदेवस्थित खोलामा लच्का तर्ने प्रयास गर्दा चार बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

बगेकामध्ये हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरका दीप स्याङ्ताङकी ८ वर्षीया छोरी रोशनी स्याङ्ताङ करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन् ।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

यस्तै, सोही ठाउँका टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनीता भोलन भने बेपत्ता छिन् ।

उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।