४ भदौ २०८३, बिहिबार 1787223736
समाचार

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारामा प्रदर्शन जारी, वीरगञ्ज–पथलैया सडक अवरुद्ध

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयबासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि वीरगञ्ज–पथलैया सडकखण्डमा टायर बालेर प्रदर्शन जारी राख्दै सडक अवरुद्ध गरेका हुन् ।

बालिकाको न्यायको माग गर्दै गरिएको प्रदर्शन जारी रहेको छ ।

सडक अवरुद्ध भएपछि वीरगञ्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

उनीहरुले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिरहेका छन् ।