२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 10:24 am
समाचार

समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ

सूचना प्रेस २०८३ भदौ ४ बिहिबार ००:००, १३:५८ बजे १ मिनेट पढाइ

काठमाडौँ : समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक जना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा राकेशकुमार रावल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए । सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।