१ आश्विन २०८३, बिहिबार 1789641304
समाचार

स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

असोज १ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडकखण्डमा स्कुटी र ई–स्कुटी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु.प्र.०१–०१२ प १२६५ नम्बरको स्कुटीले सोही दिशातर्फ गइरहेको लु.३ त ७३८३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०१–००९ प २४०२ नम्बरको ई–स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।

दुर्घटनामा स्कुटी चालक २७ वर्षीय रुद्रनारायण थारू गम्भीर घाइते हुनुभएको थियो । रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाही निवासी थारूलाई उपचारका लागि पिपरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले साँझ ४ः५० बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा ट्याक्टर चालक बाणगंगा नगरपालिका–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरी र ई–स्कुटी चालक बाणगंगा नगरपालिका–८ बोडगाउँकी ३५ वर्षीया रेखा घिमिरे घाइते भएका छन् । घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।