१ कार्तिक २०८३, आइतबार 9:08 pm
फिचर

स्वास्थ्यको ख्याल

दसैँमा खानपिन र रमाइलोसँगै कसरी राख्ने स्वास्थ्यको ख्याल ? (टिप्स सहित)

काठमाडौं । दसैँ नेपालीहरूको महान् पर्व हो । यस अवसरमा परिवारभित्र मिलन, पूजाआजा, टिका, जमरा, सेलरोटी, मासु, मिठाई र रमाइलोका साथसाथै धेरै खानपिन र जमघट हुन्छ । 

विशेष गरी दसैँमा हरेक घरमा मासुका परिकार पाक्ने गर्छन् । तर, यही खानपिनको कारण पेट गडबडी, ग्यास्ट्रिक, मोटोपन, उच्च रक्तचाप, मधुमेहको समस्या देखिने सम्भावना पनि धेरै हुन्छ । त्यसैले दसैँ रमाइलो मात्र नभई स्वास्थ्यप्रति सचेत रहनुपर्ने समय पनि हो ।  त्यसैले, स्वास्थ्यलाई प्राथमिकता दिँदै, रमाइलो र सचेतना दुवै सन्तुलित बनाउन आवश्यक हुन्छ । दसैँमा हाम्रो स्वास्थ्यको हेरचाह कसरी गर्ने त रु भन्ने कुराको यहाँ उल्लेख गरेका छौँ ।मासु सेवनमा संयमता

दशैँमा मासु धेरै खाइन्छ। तर, धेरै तारेको वा बोसोयुक्त मासु खाँदा पेट गडबडी, ग्यास्ट्रिक, कोलेस्ट्रोल बढ्न सक्छ । भोजनमा सन्तुलन

मासुसँगै तरकारी, सलाद, अचार, दही समावेश गर्नु उत्तम हुन्छ ।

एकैपटक धेरै खानुभन्दा सानो–सानो परिमाणमा बारम्बार खानु राम्रो हुन्छ ।

मिठाई र तारेको खानामा संयम

अत्यधिक गुलियो खानेकुरा जस्तो लड्डु, पेढा, बर्फी, जेरी, सेलरोटी धेरैको रोजाई हुन सक्छ । तर, चिनी र तेल बढी हुने भएकाले मधुमेह, मोटोपन, पेट दुख्ने समस्या आउन सक्छ ।

पानी पर्याप्त पिउनुहोस्

मासु, नुनिलो र मसालेदार खाना खाँदा शरीरलाई पानी बढी चाहिन्छ । दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनुहोस् ।

शारीरिक गतिविधि

खानपिन बढी हुने भएकाले बिहान वा बेलुकी कम्तिमा ३० मिनेट हिँड्ने, खेलकुद गर्ने, घरको काम गर्ने गर्न सकिन्छ ।

बालबालिकाको स्वास्थ्यमा ध्यान

बच्चाहरूलाई चकलेट, चाउचाउ जस्ता खानेकुरा भन्दा फलफूल, दूध, घरमै बनेको सेलरोटी, मासु खुवाउनु राम्रो हुन्छ ।

सफाइमा ध्यान

दसैँमा मासु काट्ने, पकाउने काम बढी हुने भएकाले सफा पानी, राम्ररी धुने बानी बसाल्नु पर्छ ।

भान्साको सरसफाइमा विशेष ध्यान

हतार र धेरै परिकार निरन्तर पकाइराख्दा भान्सा फोहोर हुने गर्छ । हामीले खाने खानेकुरा पकाउने ठाउँको विशेष ध्यान दिनुपर्छ ।