६ कार्तिक २०८३, शुक्रबार 6:56 am
Banner

रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका छन् ।

उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यद्यपी यो भ्रमणलाई नितान्त पारिवारिक र धार्मिक भ्रमण भनिएपनि अर्थमन्त्री स्वर्णिय वाग्ले केहीदिन अघि नै भारत भ्रमणमा रहेकाले यसलाई चासोका रुपमा पनि हेरिएको छ ।