२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:38 pm
राजनीति

दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : डिला संग्रौला

सूचना प्रेस २०८३ कार्तिक २१ शनिबार ००:००, १२:३३ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। उनले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिएकी छन्।

नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पन्तले मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको बताइन्।